Pages

Bhutan News Service

Bhutan News Service


Community org re-structured

Posted: 23 Aug 2011 05:14 PM PDT

The Bhutanese Community in Twin falls, Idaho recently  held an election last Sunday, which nominated six Executive Board members.

In the election that was participated by more than 220 resettled Bhutanese in Twin Falls, Kamal Koirala and Man Rai were nominated as President and Vice-President respectively. Bal Tamang was entrusted with the responsibility of treasurer where Som Upreti, Til Pokhrel and Jet Rai will serve as members of the board.

Meanwhile, the meeting also decided to nominate former board members as advisory board of the community. The Community was established in September 2008.

Reported by Lok Mahara from Twin Falls for BNS.

 

इलिनोइसमा भूटानी समाजको औपचारिक कार्यक्रम, संस्कृतिक प्रस्तुतीले रौनकता थप्यो

Posted: 22 Aug 2011 01:10 PM PDT

इलिनोइसको भूटानी समाजले आफूलाई परिचित गराउने हेतुले एउटा खुल्ला कार्यक्रमको आयोजना गरेको छ | यही १७ अगष्टका दिन भएको कार्यक्रममा केही सांस्कृतिक झलकहरुसमेत देखिएका थिए |

कार्यक्रममा सहभागी भूटानीहरु | तस्बीर /दिना दाहाल |

समाजका कार्यक्रम संयोजक हस्त भट्टराईले दिएको जानकारीअनुसार इलिनोइस मानवीय सेवा विभागका प्रतिनिधि, प्रान्तीय शरणार्थी संयोजक, पुनर्बाससम्बन्धि संस्थाहरु, सामुदायिक संघ-संगठनहरु, सिकागो महानगरपालिकाको जेविस फेडेरेसन, संगठनहरुका कोष प्रदाता गरी करिव ३०० जनाले कार्यक्रममा सहभागिता जनाएका थिए |

उक्त अवसरमा समाजले भूटानी समुदाय, अन्य संगठनहरु र पुनर्बाससम्बन्धि संस्थाहरुलाई आफ्नो कार्यालयीय सुबिधा र कार्यक्रमहरुका बारेमा जानकारी दिएको थियो |

स्थानीय भूटानी कलाकारहरुको संस्कृतिक प्रस्तुतीले कार्यक्रमलाई निक्कै रोमान्चित बनायो |

इलिनोइसको भूटानी समाजको स्थापना शरणार्थी पुनर्बास कार्यालयको आर्थिक सहयोगमा ओक्टोबर २०१० मा भएको हो | स्थापनाको प्रमुख लक्ष्य सामुदायिक नेतृत्वको सम्बर्द्धन गर्नु र स्थानीय क्षेत्रमा भूटानी समुदायका सामाजिक र आर्थिक अवश्यकताहरु पूरा गर्न पहल गर्नु रहेको जनाइएको छ |

भट्टराईले भूटान समाचार सेवालाई भनेका छन् कि उक्त भूटानी समाजले समायोजन र आर्थिक एकीकरण, ग्राहक सेवन, मूल्यांकन र परामर्श, जागिरसम्बन्धि व्यक्तिगत परामर्श र श्रम एकीकरणसम्बन्धि कार्यशाला, अभिभावक तथा यूवाहरुकालागि गतिविधिहरु, वृद्ध-वृद्धाहरुको सेवा, महिला सहकर्मी समर्थन, सांस्कृतिक कार्यक्रम र सामुदायिक सशक्तिकरण अनि नेतृत्व विकासका लागि कार्यक्रमहरु प्रदान गर्दछ |