Bhutan News Service |
| कारको ठक्करबाट एक भूटानीको मृत्यु Posted: 08 Sep 2011 09:43 AM PDT यही बुधबार विहान उत्तर क्यारोलिनाको रिलेमा पुनर्स्थापित एक ६८ वर्षीय भुटानीलाई सडक पार गर्ने क्रममा एक सवारी साधनले ठक्कर दिएको छ । ![]() मृतक पौडेल आफ्नी श्रीमती र छोरा अभिको साथ l तस्बिर स्रोत: अभिको फेसबुक पृष्ठ पुनर्बास सँस्था आइ.ओ.एमको सहयोगमा २००८ मा शनिश्चरे शरणार्थी शिविरबाट रिलेमा पुनर्स्थापित भएका नन्द्रलाल पौडेल नजिकैको विद्यालयमा दैनिक अङ्ग्रेजी भाषा सिक्थे । हाम्रा समाचारदाताका अनुसार उनलाई तत्काल नजिकैको वाक्मेट अस्पतालमा लागिएको थियो जहाँ डाक्टरहरुले बिहानको करिव ९:२० उनलाई मृत घोषित गरेका थिए । परिवार जनालाई उदृत गर्दै हाम्रा सम्बाददाताले भनेका छन् कि स्वर्गीय पौडेलको यही शुक्रबार हिन्दु परम्परा अनुरुप दाहसंस्कार गरिने छ । उता रिले बासी भूटानी हरुले एउटा आकष्मिक भेलामार्फत मृतक पौडेलको दाहसंस्कारकालागि सहयोगार्थ प्रति परिवार एक सय डलर संकलन गर्ने निर्णय गरेको समाचार प्राप्त भएको छ । अमेरिका आउनुपूर्व पौडेल भुटानको दागानाबाट बिस्थापित भई भूटानी शरणार्थी शिविका र शनिश्चरेमा बसोबास गर्दै आएका थिए । |
| You are subscribed to email updates from Bhutan News Service To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
| Google Inc., 20 West Kinzie, Chicago IL USA 60610 | |
