Bhutan News Service |
| क्रान्तिका लागि माओवादीबाटै उत्प्रेरित भयौः यूआरएफबी Posted: 30 Aug 2011 01:09 PM PDT नेपालका नवनिर्वाचित प्रधानमन्त्रि डा.बाबुराम भट्टराईलाई सो पदमा आसिन भएको अवसरमा आफ्नो संगठनको तर्फबाट शुभकामना सन्देश दिँदै भूटान संयुक्त क्रान्तिकारी मोर्चाले माओवादीहरूको उत्प्रेरणाबाटै आफूहरू भूटानमा क्रान्ति गर्न उत्साहित भएको जनाएको छ । मोर्चा अर्थात यूनाइटेड रिभोल्यूशनरी फ्रण्ट अफ् भूटान (यूआरएफबी)द्वारा विद्युतीय माध्यमद्वारा जारी गरिएको एउटा सञ्चार सन्देशमा संगठनका कमाण्डर कर्मले भूटानमा हुन गइरहेको सशस्त्र संघर्ष नेपालमा भएको दशकौं लामो माओवादी आन्दोलनकै प्रेरणाबाट विकसित भएको बताएका छन् । कमाण्डर कर्मले एउटा पत्रात्मक विज्ञप्तिको रूपमा भूटान समाचार सेवालाई पठाएको सन्देशमा थप भनिएको छ,''डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल सरकारबाट हामी भूटानमा हुने सशस्त्र संघर्षमा बलियो सहयोग र समर्थन पाउने आशामा छौं ।'' विगतमा भूटानभित्र भएका अधिकतम विस्फोटन काण्डहरूमा आफ्नो संलग्नता रहेको दाबी गर्दै आएको सो मोर्चा स्वघोषित भूमिगत सशस्त्र संगठन हो । |
| You are subscribed to email updates from Bhutan News Service To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
| Google Inc., 20 West Kinzie, Chicago IL USA 60610 | |