Bhutan News Service |
| पुनर्बास गराउने ठगीमा संलग्न महिला पक्राउ Posted: 21 Aug 2011 12:19 PM PDT दमक प्रहरीले नेपाली यूवाहरुलाई भूटानी शरणार्थीका रुपमा दर्ता गरी पाश्चत्य मुलुक पठाउँछु भनी ठगी गर्ने एक जना स्थानीय महिलालाई पक्राउ गरेको छ | पक्राउ पर्नेमा दमक १३ निवासी अजिता पौडेल रहेको प्रहरीले जनाएको छ | पौडेलले यसअघि नै १५ जना स्थानीय यूवालाई भूटानी शरणार्थीका रुपमा तेश्रो देश पुनर्वास गराउने सर्तमा मोटो रकम संकलन गरिसकेको जनाइएको छ | "अनुसन्धानले देखाएको छ कि उनले प्रति व्यक्ति १५ लाख रुपैयाँ तिर्न लगाई कम्तिमा १५ जना यूवालाई ठगिसकेकी छिन्", प्रहरी निरीक्षक नवीन कार्कीलाई उधृत गर्दै आइतबार एक जना स्थानीय बासीले संचार माध्यमसंग भनेका छन् | उता आरोपित महिलाले भने आफू पक्राउ परेकोमा आश्चर्यचकित भएको जनाएकी छिन् | उनले भनेकी छिन् कि उनीले ती यूवाहरुलाई विदेश पठाउन नसके रकम फिर्ता गर्ने जानकारी अघि नै दिइसकेकी छिन् | पौडेलका अनुसार उनले ती यूवाहरुलाई संयुक्त राष्ट्र संघीय शरणार्थीसम्बन्धि उच्च आयोग र अन्तर्राष्ट्रीय आप्रबासी संगठनले अवलम्बन गर्ने आधारभूत अन्तर्वार्ता तरिकाका बारेमा सिकाउन एक महिनासम्म होटलमासमेत राखेकी छिन् | आफूले ठगी गरेको स्वीकार्दै पौडेलले पत्रकारहरुसंग भनिन्, "म संलग्न रहेको कारोवारमा अरु धेरै एजेन्टहरु सक्रिय रुपमा लागेका छन् |" तथापि उनले आफ्नो भनाइलाई विस्तार गर्न इन्कार गरिन् | |
| Woman involved in conning Nepalis for sending for resettlement arrested Posted: 21 Aug 2011 04:40 AM PDT Following a tip-off, Damak police arrested a local woman involved in conning Nepali youths with promises of sending them to the western countries by registering them as “Bhutanese refugees”. Police named the alleged cheater as Atija Paudel, a local woman of Damak-13, who already earned a lot of money by conning some 15 Nepali youths in the name of third country resettlement of the Bhutanese refugees. “The investigation has revealed she was able to lure at least 15 youths making them pay up to Rs 1.5 million from each individual,” a local reported quoted Police Inspector Nabin Karki as saying to local media, Sunday. Meanwhile, the accused woman expressed surprise over why she was arrested stating she has clearly told those youths that their money would be refunded incase she failed to resettle them. According to Paudel, she even lodged those youths in a hotel for a month to teach them the basic “interview techniques” applied by the United Nation High Commissioner for Refugees and International Organization for Migration. “A number of agents are active in the business that I am involved with,” Paudel told reporters, confessing the fraud. However, she refused to elaborate it. |
| You are subscribed to email updates from Bhutan News Service To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
| Google Inc., 20 West Kinzie, Chicago IL USA 60610 | |
