Bhutan News Service |
| भूटान मिडिया सोसाइटीमा नयाँ कार्यकारिणी निर्वाचित Posted: 06 Aug 2011 02:20 PM PDT नयाँ कार्यकारी समितिको निर्वाचनसँगै तीनवटा फरक फरक मिडिया इकाईहरु भूटान मिडिया सोसाइटी (बिएमएस)को साझा मञ्चमा एकतावद्ध भएका छन् | स्वतन्त्र पत्रकारहरु, प्रेस स्वतन्त्रता अभियानका कार्यकर्ताहरुको संघठन (आप्फा) भूटान र तेश्रो विश्व मिडिया सञ्जाल- भूटान च्याप्टरले भूटान समाचार सेवा (बिएनएस), apfanews.com र रेडियो भूटान अनलाइनको सम्वर्द्धन गर्न एउटै साझा मञ्चमा रहेर काम गर्न पुन: प्रतिवद्धता जनाएका छन् | सहमतिअनुसार बिएमएस यी तीनैवटा मिडिया एकाईहरुको प्रशासनिक इकाईका रुपमा रहनेछ | सोसाइटीको पाँच सदस्यीय कार्यसमितिको प्रबन्धकमा विद्यापति मिश्र सर्वसम्मत नियुक्त भएका छन् | समितिका अरु सदस्यहरुमा आइपी अधुकारी, बुद्धमणि ढकाल, ईच्छा पौडेल र विक्रम अधिकारी रहेकाछन् | नवगठित समितिले यही शुक्रवार आ-आफ्नो सम्पादक समिति रहने गरी www.bhutannewsservice.com लाई विशुद्ध समाचारमुखी र www.apfanews.com लाई विचारप्रधान साइट बनाउने निर्णयसमेत गरेको छ | अमेरिकाको केन्टुकी निवासी बुद्धमणि ढकाललाई भूटान सेवा समितिको कार्यकारी प्रमुख र अमेरिकाको उत्तरक्यारोलिना निवासी टीपी मिश्रलाई कार्यकारी सम्पादकको जिम्मेवारी दिइएको छ | भूटान समाचार सेवाको सम्पादक समितिमा आरएन पोखरेल (क्यालिफोर्निया), काजी गौतम (न्यूयोर्क), भक्त घिमिरे (न्यूयोर्क) र रमेश गौतम (नर्वे) रहेका छन् | भूटानी आप्रवासको आवश्यकतालाई ध्यानमा राखी भूटान समाचार सेवाले नेपाली समाचारकालागि छुट्टै साइटको विकास गर्ने भएको छ | उक्त कार्य सेप्टेम्बरसम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ | विद्यापति मिश्र र बुद्धमणि ढकाल सम्पादक रहेको apfanews.com को सम्पादन समितिको नेतृत्व अष्ट्रेलियाको एडिलेड निवासी आइपी अधिकारीले गर्ने छन् | apfanews.com भूटान र भूटानीसंग सम्बन्धित विचार, वकालती र बौद्धिक विमर्शको मंचका रुपमा रहने छ | इच्छा पौडेललाई रेडियो भूटान अनलाइनको दायित्व सुम्पिएकोछ | उनलाई APFA News र बिएनएसका सदस्यहरुले सहयोग गर्नेछन् | काठमाडौंबाट प्रेस विज्ञप्ति जारी गर्दै सोसाइटीका नवनियुक्त प्रबन्धक मिश्रले प्रवासमा प्रेस गतिविधिलाई सहयोग गरेकोमा भूटानी आप्रवासप्रति कृतज्ञता जाहेर गरेका छन् | " हामी गर्व गर्दछौं कि हाम्रा गतिविधिहरुले संसारका विभिन्न भागमा रहेका भूटानीहरुबाट सधैँ प्रोत्साहन र सहयोग पाएका छन्,” मिश्रले भनेका छन् | |
| Posted: 06 Aug 2011 12:58 PM PDT भुटानी शरणार्थी शिविर खुदुनाबारीमा युवा मैत्री केन्द्र खुदुनाबरिको आयोजना र कारितास नेपालको प्रायोजनमा सातदिने उद्घोषण तालिम सम्पन्न भएको छ | युवाहरुमा बोल्ने कला विकास गर्ने उद्दश्यले आयोजना गरिएको सो तालिममा करिब ४५ जनाको सहभागिता रहेको थियो | नवीन प्राचिन र जीतेन मुस्कानको सहजीकरणमा भएको सो तालिम फलदायक रहेको तालिममा सहभागीहरुले बताए | २९जुलाईदेखि ४ अगष्टसम्म चलेको उक्त तालिमको समापन समारोहमा बोल्दै अधिकांश सहभागीहरुले आउँदा दिनहरुमा पनि यस्तै तालिमहरु ल्याउनु पर्नेमा जोड दिए | कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा युवा मैत्री केन्द्र कारितास नेपालका कार्यक्रम संयोजक सर्जु राईले आउँदा दिनहरुमा पनि यस्ता कार्येक्रमहरु संचालन गर्न पहल गर्ने बताए | भूटान समाचार सेवाकालागि शनिश्चरेबाट जागेन गौतम |
| You are subscribed to email updates from Bhutan News Service To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
| Google Inc., 20 West Kinzie, Chicago IL USA 60610 | |
