Pages

Bhutan News Service

Bhutan News Service


राजदूत ग्रेस पुनर्स्थापित भूटानीहरूसँग

Posted: 16 Feb 2011 06:36 PM PST

नेपालका लागि अष्ट्रेलियाली राजदूत सुशान ग्रेसद्वारा फेब्रुवरी १२ का दिन अष्ट्रेलियाको तासमेनियास्थित होबार्टमा पुर्स्थापित भूटानीहरूलाई भेटेर उनीहरूको अवस्था बुझ्ने काम भएको छ । करिब दुई घण्टासम्म चलेको सो भेटघाट क्रममा भूटानीहरूले आफू नयाँ मुलुकमा हुँदाका अनुभवहरू बाँड़े । उनीहरूले पुनर्वाश कार्यक्रमअन्तर्गत आफूहरूलाई सहज प्रवेश तथा व्यवस्थापनको जिम्मा लिएकोमा अष्ट्रेलिया सरकारलाई धन्यवाद पनि दिए । यसै क्रममा बेल्डाँगी २ शिविरबाट पुनर्स्थापित कृष्ण थापाले अष्ट्रेलिया प्रवेशपश्चात भूटानीहरूलाई उपलब्ध हुने अंग्रेजी भाषा अध्ययनको ५१० घण्टा समय पर्याप्त नभएको बताउँदै सो सम्बन्धमा पुनर्विचार गर्न राजदूत ग्रेसमार्फत सरकारसित माग गरे । राजदूत ग्रेसले सो सम्बन्धमा आफूभन्दा माथिल्लो निकायमा कुरा राख्ने आश्वासन दिएकी छन् । होबार्टमा सर्वप्रथम पुनर्स्थापित भूटानी भीम खतिवड़ाले पनि अष्ट्रेलियामा आफ्नो प्रवेशपछिका तमाम अनुभवहरू क्रमशः बताउँदै रोजगारीको प्रबन्ध मिलाउन निकै कठिन भएकोसमेत जनाए । प्राप्त जानकारीअनुसार हाल खतिवड़ा होबार्टकै एउटा नर्सिङ होममा काम गरिरहेका छन् । छलफलमा सहभागी भूटानीहरूले आफूहरूलाई पुनर्वाशको व्यवस्था मिलाएकोमा अष्ट्रेलियाकै अध्यागमन विभाग, यूएनएचसीआर र आओएमलाई राजदूत ग्रेसमार्फत धन्यवाद दिए ।  

नेपाली प्रम-अमेरिकी विदेशमन्त्रिबीच शरणार्थीबारे चर्चा

Posted: 16 Feb 2011 06:32 PM PST

प्रजातन्त्र तथा विश्वमामिलासम्बन्धी अमेरिकी उप-विदेशमन्त्रि मारिया ओटेरोले गत सोमबार नेपालका नवनिर्वाचित प्रधानमन्त्रि झलनाथ खनाललाई बालुटारमा भेटी शरणार्थी समस्याबारे चर्चा गरिन् । ओटेरोले प्रम खनालसित नेपालको जारी शान्तिप्रक्रिया र शरणार्थी समस्याबारे चासो दर्शाउँदै समस्या समाधानका लागि पहल गर्न नेपालले भूटानसितको अवरुद्ध द्विपक्षीय वार्ता पुनः शुरु गर्नुपर्ने जिकिर गरेकी छन् ।  प्रम खनालले पनि शरणार्थी समस्या सकेसम्म चाँड़ै समाधान गर्नेतर्फ नेपालको पहल हुने आश्वासन दिएका नेपाल सरकारका प्रवक्ता गंगालाल तुलाधरले जनाएका छन् ।