Bhutan News Service |
| ‘यूटा’ समाजलाई २०१० को उत्कृष्ट पुरस्कार Posted: 31 Jan 2011 06:21 PM PST यूटाको सल्टलेक महानगरमा यही जनवरी २८ र २९ मा आयोजित शरणार्थीहरूको एउटा सम्मेलनको दौरान रिफ्यूजी सर्भिस अफिस, डिपार्टमेणट अफ वर्कफोर्स सर्भिसले शरणार्थीहरूको क्षमता विकास तथा सहायतामा क्रियाशील र उत्कृष्ट भूमिका खेलेको भन्दै यूटाको भूटानी समाज, भूटानिज कम्यूनिटी अफ यूटा (बीसीयू) लाई सन् २०१० को 'उत्कृष्ट समाज' पुरस्कारले सुशोभित गरेको छ । यूटामा शरणार्थीहरूको सहायता तथा क्षमता विकासमा क्रियाशील सहभागी समूहहरूलाई आपसी छलफल तथा अनुभव आदान-प्रदानको मौका प्रदान गर्न सो सम्मेलन आयोजना गरिएको सम्बन्धित सूत्रले जनाएको छ । सो सम्मेलनमा घनश्याम दुलाल र जग अधिकारीलेले भूटानीहरूको प्रतिनिधित्व गरेका थिए । बर्मा, इराक, सुडान, सोमालियालगायत बीसभन्दा अधिक देशका शरणार्थी समूहहरूको प्रतिनिधित्व रहेको सो सम्मेलनमा भूटानीहरू पुरस्कृत हुनुलाई निकै महत्त्वका साथ हेरिएको छ । |
| You are subscribed to email updates from Bhutan News Service To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
| Google Inc., 20 West Kinzie, Chicago IL USA 60610 | |