Pages

Bhutan News Service

Bhutan News Service


नेदरल्याण्डका भूटानीबारे प्रतिवेदन

Posted: 23 Jan 2011 08:04 AM PST

भरखरै सार्वजनिक एउटा अन्तर्राष्ट्रिय प्रतिवेदनले नेदरल्याण्डमा पुनर्स्थापित भूटानीहरू परिवार विभाजन तथा मानसिक तनावको पीड़ाबाट ग्रस्त रहेका दाबी गरेको छ । 

''यूरोपेली महासंघका सदस्य राज्य र अन्य साझेदारबीचको समन्वयमार्फत महासंघभित्र शरणार्थी पुनर्वाशको प्रवर्द्धन'', विषयक अन्तरक्रियाको क्रममा नेदरल्याण्डमा भूटानी शरणार्थीको व्यवस्थापनबारे छलफलले उच्च प्राथमिकता पाएको बताइएको छ ।

नेदरल्याण्डको राजधानी हेगमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय मानवाधिकारवादी संगठन ग्लोबल ह्यूमन राइट्स डिफेन्स (जीएचआरडी)-ले नेदकल्याण्डमा भूटानी शरणार्थीको पुनर्वाशबारे दुईवर्षको अनुगमनपछि आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै सो छलफलको आयोजना गरेको हो ।

जीएचआरडीले आफ्नो प्रतिवेदनमा नेदरल्याण्डमा पुनर्स्थापित भूटानी शरणार्थीले व्यापक परिवारविभाजनको पीड़ा खेपिरेका जनाउँदै भूटानीहरूलाई इच्छाविपरीत देशका विभिन्न स्थानमा लगेर राखिएको पनि उल्लेख गरेको छ । सो अन्तरक्रियामा भूटानीहरूको तर्फबाट नवराज गजमेर र अर्जुन क्षेत्री पनि सहभागी रहेका बतनाइएको छ । अन्तरक्रियामा सहभागी गजमेरले भूटान सरकारले जातीय विखण्डनको अभियानमार्फत देशनिकाला गरेका शरणार्थीले २० वर्षसम्म नेपालका शिविरहरूमाक पर्खेर पनि देश फिर्न नपाएको गुनासोसहित उपस्थित विभिन्न संघ-संस्था र देशका प्रतिनिधिहरूले राखेका प्रश्नहरूमा उत्तर दिएका थिए ।

भूटानी प्रतिनिधिहरूको प्रत्यक्ष उपस्थितिमा नेदरल्याण्डमा सम्पन्न यो नै प्रथम उच्चस्तरीय अन्तरक्रिया कार्यक्रम हो ।

(नेदरल्याण्डबाट रामबहादुर कार्कीको सहयोगमा)

पत्रकार तिम्सिना मातृशोकमा

Posted: 23 Jan 2011 08:03 AM PST

भूटान समाचार सेवाका क्यानाडा प्रतिनिधि इन्द्र तिम्सिना मातृशोकमा परेका छन् । उनकी ७८ वर्षिया आमा लक्ष्मी मायाले शुक्रबार बिहान १० बजे क्यानाडाको लेथब्रिजस्थित निवासमा अन्तिम स्वास लिइन् । विगत पाँच वर्षदेखि नै उनी फोक्सोको क्यान्सरबाट पीड़ित रहेकी परिवार स्रोतले जनाएको छ । ''शिविरमा आर्थिक अभावका कारण हामीले उचित उपचार गर्न सकेनौं'', शुक्रबार बिहान भूटान समाचार सेवालाई पठाएको इमेलमा तिम्सिनाले भनेका छन् ।

सन् १९३३ मा भूटानको दागाना जिल्लामा जन्मिएर भूटानी शरणार्थी शिविर बेल्डाँगी २-विस्तारितको सेक्टर ई/१-छाप्रा संख्या २५ मा करिब १८ वर्ष बिताएर सन् २०१० को जुन महिनामा तिम्सिना परिवारसँगै क्यानाडामा पुनर्स्थापित भएकी थिइन् ।

स्व. तिम्सिनाले उनीपछि चार छोरा, दुई छोरी र १६ जना नाति-नातिनीलाई छोड़ेर गएकी छिन् ।

शिविर व्यवस्थापन समितिको चुनाव सम्पन्न

Posted: 23 Jan 2011 08:01 AM PST

झापा र मोरंगमा दर्ता भएका सातवटा भूटानी शरणार्थी शिविरहरूको व्यवस्थापनका लागि गरिएको व्यवस्थापन समितिको चुनाव तीनवटा बेल्डाँगीमा एक र अन्य चार शिविरमा एक-एक गरी पाँचजना सचिव छनौट गरी शुक्रबार सम्पन्न भएको छ ।

बेल्डाँगी १ शिविरका कार्यरत सुपरिवेक्षक तथा शिविर निर्वाचन समितिका अध्यक्ष हर्कबहादुर राईले मतगणनापछि ९५ मत जितेका आफ्ना निकट प्रतिद्वन्द्वी छवि खरेललाई उछिनेर बेल्डाँगी २ विस्तारितका धनवीर सुब्बाले १०१ मत ल्याएर सचिव पदमा विजयी भएका घोषणा गरे ।

यसै गरी बेल्डाँगी २ तथा २ विस्तारितका लागि मनमाया मगरलाई उपसचिवमा चयन गरिएको छ भने बेल्डाँगी १ मा सो पदका लागि यतिराज बराल चुनिएका बताइएको छ । सचिव पदमै उम्मेदवारी दिएका बरालले १८ मतमात्र ल्याएपछि उनी उपसचिवमा भिड़ेका जनाइएको छ ।

बेल्डाँगीमा एकजना र अन्य प्रत्येक शिविरमा क्रमशः सचिवहरू यस प्रकार चुनिएका छन्, बेल्डाँगी-धनवीर सुब्बा, शनिश्चरे-चम्पासिंह राई, गोल्धाप-चिरञ्जीवी राई, टिमाई-युवराज गुरुङ, खुदुनाबारी-टीकाराम राई ।

तुलसा उप्रेती, लाक्पा तामाङ, लोक मोहरा हरिकुमार दाहालको सहयोगमा झापाबाट भूटान समाचार सेवाका लागि जितेन सुब्बा तिलक निरौला