Bhutan News Service |
| शिविर व्यवस्थापन समितिको निर्वाचन भोलिदेखि Posted: 19 Jan 2011 03:38 AM PST झापा र मोरङका सातै भुटानी शरणार्थी शिविर ब्यबस्थापन समितिको चयनको लागि भोलि र पर्सी निर्वाचन हुने भएको छ । निर्वाचनको विश्वब्यापी मान्यता अनुरुप १८ वर्ष नाघेका सबै साढे ४७ हजार भुटानी शरणार्थीले मतदान गर्दैछन् । जस अन्तरर्गत भोलि सातै शिविरमा उप–सेक्टर तहको निर्वाचन हुँदैछ । उप–सेक्टर तहबाट छानिएका प्रतिनिधिहरु बीच पर्सी सेक्टर तह र शिविर ब्यबस्थापन समितिको कार्यसमिति चयनपछि निर्वाचनको सबै प्रकृया सकिनेछ । यसपालिको निर्बाचन पछि बेलडाँगी १ , २ र ३ शरणार्थी शिविरका लागि एउटै मात्र शिविर सचिवको ब्यबस्था हुने संयुक्त राष्टसंघीय शरणार्थी सम्बन्धी उच्च आयोगले जनाएको छ । निर्वाचनको लागि सातै शिविरमा तीन सयको संख्यामा सहायता तथा सरकारी कर्मचारी र सात सयभन्दा बढी शरणार्थी कार्यकर्ता परिचालन भएको बताइएको छ । यसैबीच भुटानी प्रज्ञिक संस्था ब्रेनले हिजो मंगलबार बेलडाँगी शरणार्थी शिविरमा सचिव पदको दाबी गर्दै निर्वाचनको मैदानमा उत्रिएकाहरु बीच सार्वजनिक अन्तरकृया गरेको छ । अन्तरकृयाका वक्ताहरुले शरणार्थी शिविर भित्र युवाहरुमा बढेको दुर्व्यसन , परिवारहरुको चर्को विखण्डन, सहायतामा देखिएको गुणस्तर गिरावट तथा आफ्नो घर फर्कन पाँउने मौलिक अधिकारको रक्षा जस्ता मुद्धा शिविर ब्यबस्थापन समितिका आगामी चुनौती रहेको बताए । |
| You are subscribed to email updates from Bhutan News Service To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
| Google Inc., 20 West Kinzie, Chicago IL USA 60610 | |