Pages

Bhutan News Service

Bhutan News Service


असहायका लागि पक्की घर

Posted: 15 Jan 2011 09:37 AM PST

झापाको दमकस्थित भूटानी शरणार्थी शिविर बेलडाँगी २ र बेलडाँगी २ (विस्तारित ) मा असहायहरुका लागि गुणस्तरीय घर निर्माण गरिने भएको छ ।

असहाय अवस्थामा रहेका त्यहाँका १६ परिवारका लागि लुथरन विश्व फेडेरेशनले शिविरका हालका छाप्राभन्दा गुणस्तरिय घर निर्माण गर्न लागेको हो ।

प्रतिघर ५९ हजार ३ सय ४१ रुपैया लागतमा इटाको जगसहित बाँसको बेरा र टिनका छाना भएको घर निर्माण गरिने लुथरन दमकले जनाएको छ ।

यसैबीच बेलडाँगी शिविरमा अति जोखिममा परेका १ सय ५१ घर परिवारलाई लुथरनले छानो छाउन काँस र बेराका लागि बाँस उपलब्ध गराएको झापाबाट पुर्वेली टाइसको अन्लाइन संस्करणले उल्लेख गरेको छ ।

प्रधानमन्त्री घर फर्के

Posted: 15 Jan 2011 09:33 AM PST

प्रधानमन्त्री जिग्मी वाइ थिन्ले आफ्नो चार दिने औपचारिक भ्रमण सकी यसै शुक्रबार बंलादेशबाट राजधानी थिम्पु फर्केका छन् ।

२२ सदस्यीय भूटानी प्रतिनिधि मण्डलका साथ गत सोमवार बंलादेशको राजधानी ढाका पुगेका प्रधानमन्त्री थिन्लेले आफ्ना बंलादेशी प्रधानमन्त्री सेख हसिना वाजेदलयातलाई भेट गरेका थिए ।

भूटानले बंलादेशका भारत हुँदै विद्युतीय लाईनको विस्तार गर्ने विषयमा प्रधानमन्त्री थिन्लेले आफ्ना समकक्षीलाई आश्वसन दिएको भूटानी मुखपत्र क्युन्सेलले जनाएको छ ।

शरणार्थीका सम्बन्धमा गोप्य अमेरिकी दस्तावेज सार्वजनिक

Posted: 14 Jan 2011 06:33 PM PST

केही समयदेखि विश्वव्यापी चर्चामा आइरहेको संसारका गोप्य दस्तावेजहरूको खुलासा गर्ने 'ह्वीकीलिक्स' नामक सञ्जालले नेपालका तत्कालीन परराष्ट्रमन्त्रि रमेशनाथ पाण्डे र अमेरिकी राजदूत जेम्स एफ मोरिआर्टीबीच भूटानी शरणार्थीका सम्बन्धमा विस्तारपूर्वक भएको कुराकानी सार्वजनिक गरिदिएको छ ।

दस्तावेजको जानकारीअनुसार सो विद्धुतीय दस्तावेजमा शरणार्थीको स्वदेशफिर्तीबारे भूटान पक्षले चासो नदेखाएको कारण बताउँदै अमेरिकी-नेपाल सम्बन्धलाई दीर्घकालीन बनाउनका साथै शरणार्थी समस्यालाई अन्तर्राष्ट्रीकरण गर्ने विचारसमेत मन्त्रि पाण्डेले व्यक्त गरेका छन् । नेपाली परराष्ट्रमन्त्रि र अमेरिकी गाजदूतबीच भएको सो कुराकानीलाई 'अत्यन्त गोप्य' बताइएको छ भने सोही कुराकानीमा पाण्डेले भूटानबाट अझै नेपालीभाषीहरूलाई लखेट्ने सम्भावनासमेत औंल्याएका छन् ।

बंगलादेशको ढाकामा हुने बिम्सटेकको बैठकका क्रममा भूटानका विदेशमन्त्रिसित कुरा गरी तत्काल शरणार्थी फिर्ता लैजान आग्रह गर्ने र भूटानले चासो नदेखाए चाँड़ै शरणार्थी समस्यालाई अन्तर्राष्ट्रीयकरण गरी भूटानीहरूलाई विदेशयात्राको ढोका खोलिदिने कुरासमेत मन्त्रि पाण्डेले अमेरिकी दूतावासलाई जनाएका सो दस्तावेजमा खुलाइएको छ । भविष्यमा भूटानबाट थप नेपालीभाषी नागरिकहरूलाई देशनिकालाबाट जोगाउन पनि शरणार्थी समस्याको अन्तर्राष्ट्रीयकरण जरुरी भएको मन्त्रि पाण्डेले सो दस्तावेजमा जिकिर गरेका छन् । यद्धपि, सो सम्बन्धमा प्रतिक्रियाका लागि पूर्व परराष्ट्रमन्त्रि पाण्डेसित भूटान समाचार सेवाले सम्पर्कको अनेक प्रयास गर्दा पनि उनीसित सम्पर्क हुने सकेन ।

नेपालले माग पूरा गर्ने भएपछि अनसन स्थगित

Posted: 14 Jan 2011 06:32 PM PST

शरणार्थी पहिचान र राहतको माग गर्दै गत सोमबारदेखि मोरंगको शनिश्चरे तथा झापाको बेल्डाँगी २ मा अनिश्चितकालीन भोक हड़ताल शुरु गरेका भूटानीहरूले नेपाल सरकारबाट १५ दिनभित्रै माग पूरा गर्ने वचनबद्धता आएको भन्दा आफ्नो हड़ताल कार्यक्रमलाई स्थगित गरेका  छन् ।

प्राप्त जानकारी अनुसार नेपाल मानवाधिकार आयोग-झापा शाखाको पहलमा बिहीबार बेलुकी बसेको सर्वदलीय बैठकबाट आएको निष्कर्षले दर्ता नभएका वा परिचयपत्र नपाएका भूटानीहरूको मागलाई दुईसाताभित्र सम्बोधन गरिने प्रतिबद्धता जनाएको भन्दै बिहीबार बेलुकी करिब ८ बजेतिर नेपाल मानवाधिकारकर्मी डाः के.पी. सिवीकोटी शनिश्चरे शिविरमा आएर सन्देश सुनाए । ''आगामी १५ दिनभित्रै शरणार्थीको मागलाई सम्बोधन गरिने छ भनी झापाका सीडीओले लिखित प्रतिबद्धता जनाएका छन् '', डाः सिवाकोटीले भने ।

जिल्ला प्रशासन, सरकारी अधिकृतहरू, भूटानी शरणार्थी प्रतिनिधि र स्थानीय मानवाधिकारवादीहरूका बीच दमक नजिकै सशस्त्र प्रहरी-पाथीभरा गणको कार्यालय परिसरमा समपन्न बैठकबाट सम्झौता भएपछि शिविर सुपरिवेक्षक तथा सरकारी अधिकृतहरूको छुट्टा छुट्टै टोली शनिश्चरे र बेल्डाँगी पुगेर अनसनमा रहेका भूटानीहरूलाई सर्वत पिलाएर हड़ताल स्थगित गराए ।

यसैबीच अनसनको दौरान करिब १०० घण्टा (चारदिन) भोकै बसेका ३९ वर्षिया सुलोचना तामाङ र ३५ वर्षिया धनमाया भुसाललाई सिकिस्त अवस्थामा आम्दा अस्पताल भर्ना गरिएको जानकारी प्राप्त भएको छ ।  शरणार्थीको रूपमा औपचारिक दर्ता नपाएका, दर्ता भएर पनि परिचय पत्र नपाएका र विभिन्न कारण राहत कटौतीमा परेका १७ जना भूटानीहरूले गएको सोमबारदेखि शनिश्चरेमा अनिश्चितकालीन भोक हड़ताल शुरु गरेका थिए । हड़ताल शुरु भएको चारदिन पुगीसक्दा पनि सम्बन्धित पक्षले चासो नदेखाएको भन्दै बिहीबार बिहानदेखि दर्जनौं भूटानीहरूले बेल्डाँगीमा पनि आमरण अनसनको घोषणा गरेका थिए । सो हड़्तालको अगुवाइ गरिरहेको समूहका नेतृत्वको दाबी अनुसार शिविरहरूमा निश्चित पहिचान पाउन बाँकी ३ हजार १ सय ९० जना भूटानीहरू रहेका छन् ।