Bhutan News Service |
| Posted: 13 Dec 2010 02:46 AM PST सन् २००७ नोभेम्वरवाट शुरु भएको नेपालमा रहेका भुटानी शरणार्थीहरुको पुनर्वास कार्यक्रम अन्तरगत ४० हजार शरणार्थीहरु पुनर्वासको लागि प्रस्थान गरेका छन् । यो संख्यासंगै पुनर्वास कार्यक्रम नयाँ उचाईमा पुगेको छ । शरणार्थीसम्वन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) र अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम)ले आइओएम ट्रान्जिट सेन्टरमा गत सोमबारका दिन एउटा औपचारिक कार्यक्रमको आयोजना गरी यो घोषणा गरेका हुन् । "यो अत्यन्त उत्साहजनक उपलव्धि हो जुन नेपाल सरकार र अन्य पुर्नवासमा लिने देशहरुको बलियो सहयोग बिना सम्भव हुने थिएन," यूएनएचसीआरका नेपालस्थित प्रतिनिधि स्टेफेन ज्याकमेटले भने । नेपालमा रहेका भुटानी शरणार्थीहरुको पुनर्वास कार्यक्रम विश्वव्यापी रुपमा अत्यन्त ठूलो र सफल अभियान हो । संयुक्त राज्य अमेरिकाले हालसम्म ३४,१२९ शरणार्थीहरुलाई पुनर्वासमा लिइसकेको छ र बहुसंख्यक भुटानी शरणार्थीहरुको नयाँ घर बनेको छ । शरणार्थीहरुलाई पुनर्वास गराउने अन्य देशहरुमा क्यानडा २,३३३, अष्ट्रेलिया २,१६८ न्युजिल्याण्ड ४९८, नर्वे ३७३, डेनमार्क ३२६, नेदरल्याण्ड २२९ र बेलायत १११ रहेका छन् । यूएनएचसीआरले शरणार्थीहरुसँग अन्तर्वार्ता लिएर उनीहरुको केश पुनर्वासमा लिने देशहरुलाई रिफर गरेपछि उनीहरुको फाइल तयार गर्ने, स्वास्थ्य जाँच गर्ने, सांस्कृतिक अभिमुखीकरण तालिम प्रदान गर्ने र शरणार्थीहरुलाई क्याम्पदेखि उनीहरुको अन्तिम गन्तव्यसम्म यात्रा गराउने कार्यको जिम्मेवारी आइओएमले लिने गर्दछ । आइओएमका दमकस्थित उप-कार्यालयका प्रमुख डेभिड डर्थिकले भने, "हाम्रो कार्य शरणार्थीहरुलाई सम्भव भएसम्म छिटो प्रस्थान गराउनु हो ।" "एउटा शरणार्थी परिवारले पुनर्वास प्रक्रियाको लागि आवेदन दिने निर्णय गरेपछि उनीहरु तुरुन्तै नयाँ जीवन शुरुवात गर्न अत्यन्त आतुर हुने गर्दछन्," उनले थपे । पुनर्वास प्रक्रियाको शुरुमा पूर्वी नेपालको झापा र मोरङ जिल्लामा रहेका सातवटा शिविरमा १ लाख आठ हजार शरणार्थीहरु रहेका थिए । हाल क्याम्पमा ७२,७३३ भुटानी शरणार्थीहरु बाँकी रहेका छन् । जसमध्ये करिव ५५ हजार व्यक्तिहरुले तेस्रो देश पुनर्वासको लागि इच्छाको घोषणापत्र भरिसकेका छन् र आगामी चार वर्षमा पुनर्वास हुने आशा गरिएको छ । यूएनएचसीआरले बाँकी रहेका शरणार्थीहरुवाट समेत लगातार रुपमा पुनर्वासको लागि इच्छाको घोषणापत्र प्राप्त गरिरहेको छ । पुनर्वासमा लिने देशहरुले शरणार्थीहरु स्वीकार्ने दर झण्डै ९९ प्रतिशत रहेको छ जुन विश्वव्यापी रुपमै अत्यन्त उच्च हो । "यो मौका पाउँदा म धेरै खुसी भएको छु । अमेरिकामा मेरो परिवारको भविष्य राम्रो हुनेछ भन्ने कुरामा म आशावादी छु," सोमवार आफ्नी श्रीमती तथा दुई बच्चाका साथ पुनर्वासको लागि अमेरिका जानुपूर्व शनिश्चरे क्याम्पका ४३ वर्षीय धनकुमार घतानेले भने । “अमेरिकामा मैंले कुनै जागिर पाउनेछु र मेरा बच्चाहरुले राम्रो शिक्षा पाउनेछन्,” उनले थपे । पूर्वी नेपालका सातवटा शरणार्थी शिविरमा २० वर्षदेखि दसौं हजार शरणार्थीहरुले शरणागत जीवन ब्यतीत गरिरहेका छन् । उनीहरु भुटानमा भएको जातीय द्वन्द्ववाट भागेर नेपाल आइपुगेका हुन् । शिविरमा रहेका शरणार्थीहरुलाई हाल उपलव्ध एकमात्र विकल्प पुनर्वास हो । तर यूएनएचसीआरले शरणार्थीहरुको पीडाको दिगो तथा पूर्ण समाधानको लागि अन्य अन्तर्राष्ट्रिय समुदायसँगै आफ्नो प्रयास जारी राख्नेछ भन्ने आश्वासन शिविरमा रहेका शरणार्थीलाई बाँड्दै आएको भए पनि स्वेच्छिक घरफिर्तीको सम्बन्धमा केही पनि हुनसकेको छैन । उता शुरुमा ६० हजार शरणार्थीलाई लैजाने भनेको अमेरिकाले पछिल्लो समयमा आएर संख्याको कुनै पनि सिमा नभएकाले इच्छाएका सबैलाई लान अमेरिका तयार भएको राय नेपालका लागि अमेरिकी राजदुत स्कट एच डेलेसिले ब्यक्त गरेका छन् । "शरणार्थीले चहान्छन् भने सबैलाई स्वीकार्न अमेरिका तयार छ" । |
| 40,000th Bhutanese departs for America Posted: 13 Dec 2010 01:38 AM PST The 40,000th exiled Bhutanese to opt the third country resettlement program departed for the United States of America Monday evening. Devi Maya Gurung of Beldangi-I camp, Sector A-1/146, stood excited as she dreams of starting her new life in Pennsylvania. “I am hopeful of getting a new life there,” Gurung replied to a query at the transit camp of International Organisation for Migration (IOM), Kathmandu. “I have heard that the life in America is challenging. But, I am prepared to tackle those challenges, if any,” she added. Resettlement reaches 40,000 mark “Our job is to ensure that refugees depart as quickly as possible. Once a refugee family has made the decision to apply for resettlement, it is anxious to start new life as soon as possible,” chief of IOM at Damak, David Derthick, said. According to Darthick, additional 55,000 people have expressed their interest for resettlement to the Unite Nations High Commissioner for Refugees. “This is a tremendous achievement which would not have been possible without the strong support of the Government of Nepal and the countries of resettlement,” said Stephane Jaquemet, the resident representative of the UNHCR in Nepal. As per the latest statistics furnished today, the United States of America has become the new home for 34,129 refugees as of today. The other countries accepting refugees are Canada (2,333), Australia (2,168), New Zealand (498), Norway (373), Denmark (326), the Netherlands (229) and the United Kingdom (111). Flexible resettlement quota for US “Our initial proposal was for 60,000 refugees,” DeLisi said while addressing a program jointly organized by the UNHCR and IOM.”There is no cap for the number of refugees to be resettled. US government will keep on accepting refugees as long as they express their desire for relocation.” Responding to reports of suicide cases in the US, envoy DeLisi said the government is serious about loss of a single life in America. “However, I don't think this becomes an issue for discussion when we are to manage a mass of new lives.” Interestingly envoy DeLisi revealed that his is a grand-son of an immigrant. “I am happy to inform that resettled people are doing well in America.” As regard to repatriation, he mentioned that the US government has been stressing that those refugees who want to go back to their homeland must be accepted by Bhutan. To date, some 72,733 exiled Bhutanese still remain in various UN-administered seven camps in Jhapa and Mornag districts. Of this, 55,000 are expected to depart from Nepal for relocation in the next four years, according to the UNHCR which claimed it has been referring some 16,000 individual cases for resettlement annually. |
| Posted: 12 Dec 2010 09:05 PM PST ईशाई धर्मसम्बन्धी एउटा फ्लिम गाउँमा लगेर देखाएकोमा नागरिक अमन-चैनलाई बाधा पुर्याएको अभियोग लगाउँदै भूटानको सर्वोच्च अदालतले एउटा ईशाई संस्थानका सदस्य उगेन टासीलाई तीन वर्षको कैद सजाय सुनाएको छ । गत मई महिनाको २१ तारिखका दिन हातमा जेनरेटर र प्रोजेक्टर बोकेर टासी दुईदिनको बाटो पैदल भूटानभित्रको एउटा गाउँमा ईशुको कथा सुनाउन पुगेका थिए । समाचार स्रोतका अनुसार जब फ्लिमको सामग्रीबारे गाउँलेहरूलाई थाहा भयो, तिनैमध्ये कसैले जिल्ला प्रशासनलाई खबर गरे र प्रहरी आई टासीलाई गिरफ्तार गरी लगेको थियो । |
| You are subscribed to email updates from Bhutan News Service To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
| Google Inc., 20 West Kinzie, Chicago IL USA 60610 | |


