Bhutan News Service |
- Cultural function in Melbourne
- अमेरिकामा धुम मच्चाए भूटानी कलाकारले
- पुनर्वाशमा जाने भूटानीको संख्या ३६ हजार नाघ्यो
| Cultural function in Melbourne Posted: 25 Oct 2010 04:11 PM PDT Bhutanese community in Melbourne, presented an awesome cultural program on the occasion of Dasai, one of the greatest Hindu festivals, on Saturday October 23. ![]() Young dancers in Nepali cultural dress The program featured a series of cultural performances in typical Nepali dress and songs. The performances included Sangini, Balan, Deusi, children dance and fashion parade exhibiting diversity of dresses from Bhutan. Top officials from various agencies in Victoria including Hon George Lekakis, Chairperson of the Victorian Multicultural Commission (VMC), attended the function. Around 80 Bhutanese from Albury and Wodonga, including artists, some 15 Bhutanese from Tasmania and 300 resettled Bhutanese in Melbourne attended the function. The VMC chairperson praised the BCA for its rapid progress. He promised for more support from the government creating opportunities and support to strengthen the community. Chief guest awarded the 10 dancers with certificate of appreciation who had participated in Premier's Gala Dinner in March 2010. The Bhutanese Kitchen members, and six volunteers also received gift vouchers and appreciation letters while five senior members from Bhutanese community were awarded certificate for their exemplary role model in the community. |
| अमेरिकामा धुम मच्चाए भूटानी कलाकारले Posted: 24 Oct 2010 08:47 PM PDT संयुक्त राज्य अमेरिकाको पेन्सिलभानिया राज्यस्थित पिट्सबर्ग विश्वविद्धालयको ह्विलियम पीट यूनियन सभाकक्षमा आइतबार सफलतापूर्वक ऐतिहासिक सांगीतिक कार्यक्रम प्रस्तुत गरेर भूटानी कलाकारहरूले धुम मच्चाएका छन्। दशैंको उत्सव मनाउने उद्देश्यमा आयोजित सो समारोहमा पेन्सिलभानियामा प्रतिस्थापित भूटानी समुदायलगायत नेपाली मित्रहरूले पनि सक्रिय सहभागिता जनाएका आयोजकपक्षको भनाइ छ। अमेरिकाकै विभिन्न राज्य तथा पेन्सिलभानियाका विभिन्न नगरबाट आएका कलाकारका टोलीसँगै पश्चिमोत्तरको साउथ डाकोटा, दक्षिण जर्जियाको एटलान्टा र मध्य अमेरिकाको ओहियो राज्यबाट आएका भूटानी कलाकारहरूको विशेष टोलीले सो कार्यक्रममा भाग लिएका थिए । जर्जियाका कलाकारहरूको समूह (बीएजी)-का लगभग २७ सदस्यहरूले लामो यात्रापछि आइपुगेर विभिन्न राज्यबाट आएका तथा पिट्सबर्गका स्थानीय कलाकारहरूसितको संयोजनमा मनमोहक प्रस्तुती दिएका थिए । विभिन्न गीत तथा सांस्कृति कार्यक्रमका साथ नृत्य प्रस्तुत गर्दै यी कलाकारहरूले नेपाली, भूटानी, भारतीय, बर्मेली, भियतनामी र अमेरिकी गरी करिब ६ सय दर्शक तथा श्रोतालाई मनोरञ्जन दिलाएका थिए। भूटानी कलाकारमध्ये किशोर सिवाकोटी, हिरा रसाइली, सुदेश थुलुङ, महेन्द्र दाहाल, शिव माप्छान र प्रताप मगरले आ-आफ्नो स्वर गुञ्जायमान पारि कार्यक्रमको महत्त्व दर्शाएका थिए भने संगीतकार विकाश थुलुङ, बिर्ख गुरागाई, र्तन गुरुङ, भीम मगर र राम गुरुङले मधुर संगीतको कोसेली पस्केका थिए। यसैबीच भूटानी कलाकारहरूले एउटा अनलाइन वेबसाइट शुरु भएको औपचारिक घोषणा पनि गरेका छन् । लगअन- www.bhutaneseartists.com -ले भूटानी कलाकार र कलाकारिताको संरक्षण तथा संवर्द्धन गर्ने बताइएको छ । (यो समाचार तयारीका निम्ति पेन्सिलभानियाबाट किशोर सिवाकोटी र बलराम गुरुङले योगदान गरेका छन्।) |
| पुनर्वाशमा जाने भूटानीको संख्या ३६ हजार नाघ्यो Posted: 24 Oct 2010 08:45 PM PDT सेप्टेम्बरको अन्त्यसम्ममा तेस्रो मुलुक पुनर्वाश कार्यक्रमअन्तर्गत नेपाल छोड्ने भूटानी शरणार्थीको संख्या ३६ हजार ६१८ पुगेको छ । नेपालको गृहमन्त्रालयले जनाए अनुसार भरखरै पनि ८२ जना भूटानी शरणार्थीले नेपाल छोडेका छन् जसलाई बेलायतले पुनर्वाश योजनाअन्तर्गत लैजाने भएको छ । सन् २००८ देखि शुरु भएको शरणार्थी पुनर्वाश कार्यक्रममा संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोग ( यूएनएचसीआर), अन्तर्राष्ट्रिय बसाईं सराइ संगठन, (अइओएम) र पश्चिमा मुलुकहरूको एउटा समूहले सञ्चालन गरिरहेका छन् । पुनर्वाश योजनाअन्तर्गत भूटानीहरूलाई आ-आफ्नो देशमा लैजान गराउन स्वीकृति दिने पश्चिमा देशहरूमध्ये अष्ट्रेलिया, क्यानाडा, द नेदरल्याण्ड, डेनमार्क, नोरवे, न्यूजिल्याण्ड, बेलायत र मूलरूपमा अमेरिका रहेका छन्। अझै पनि नेपालका शिविरहरूमा ७५ हजारको हाराहारीमा भूटानीहरू शरणार्थी जीवन बिताइरहेका छन्।
|
| You are subscribed to email updates from Bhutan News Service To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
| Google Inc., 20 West Kinzie, Chicago IL USA 60610 | |
