Pages

Bhutan News Service

Bhutan News Service


भूटानमा पनि शुरु भयो दशैं उत्सव

Posted: 13 Oct 2010 08:00 PM PDT

यसपटक थिम्पूको दुर्गामन्दिरमा औपचारिक हिसाबले दशैं मनाउने अनुमति दिएर भूटानमा रहेका हिन्दू समुदायलाई राजाले निकै राहत दिएका महसुस गरिएको छ। ''धार्मिक श्रीवृद्धिमार्फत शान्ति र खुशियाली''-को आह्वान गर्दै पण्डित पीएल निरौलाले अन्य नौजना पण्डितहरूका साथमा अक्टोबर ८ तारिख शुरु गरेको दूर्गा पूजा आगामी १७ अक्टोबर विजया दशमीका दिन समापन हुँदैछ।

भूटानको धार्मिक आयोगसमक्ष बोल्दै पण्डित निरौलाले दशैं पर्व खराबका विरुद्ध असल प्रवृत्तिको विजय दिवसका रूपमा चिनिने बताए। दशैं पर्वको नवरथा अवधिभर देवी पुराण, देवी शप्तसती, रामायण, वेद तथा अन्य वैदिक शास्त्रहरूको पाठन हुने र भूटानका राजा तथा जनताको शुस्वास्थ्य र दीर्घायूको कामनामा प्रार्थना हुने जनाइएको छ।

यसरी नै थिम्पूमा रहनेहरूका अतिरिक्त देशभरिका नेपालीभाषी हिन्दू भूटानीहरूले पनि दशैंको भव्य उत्सव मनाइरहेका बताइएको छ।

भूटानका चौथा राजा जिग्मे सिंगे वाङ्चुकले सन् १९८० देखि दशैंलाई राष्ट्रिय चाडको रूपमा घोषणा गरेका थिए।

प्रेमले मारे आफ्नै श्रीमती

Posted: 13 Oct 2010 07:59 PM PDT

घरमा लोग्ने-स्वास्नीबीच चलेको झगडाको निउँमा मंगलबार बेलुकी एक भूटानी शरणार्थीले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन्। शिविरस्थित सशस्त्र प्रहरी बलले भूटान समाचार सेवालाई दिएको जानकारीअनुसार बेल्डाँगी १ शिविरको सेक्टर डी ४-छाप्रा नम्बर ३४४ का प्रेम बहादुर मगरले उनकी श्रीमती रनमाया मगरलाई दुवैबीच झगडा चलिरहेको बेला मारेका हुन्।

यसैबीच हत्यारालाई तत्काल प्रहरीको जिम्मा लगाइएको र मृतकको शव पोष्टमर्टमको लागि भद्रपूरस्थित मेची-अञ्चल अस्पतालमा पठाइएको बेल्डाँगी १ शिविरका सचिव टी.बी.गुरुङले बताएका छन्।

बेल्डाँगी १ बाट भूटान समाचार सेवाका लागि लोक मोहरा