Bhutan News Service |
| राष्ट्रसंघीय सुरक्षा परिषदमा ठाउँ देऊः भूटान Posted: 30 Sep 2010 07:17 PM PDT राष्ट्रसंघ (रासं)-को चालू ६५ औं महासभामा बुधबार भूटानले पनि राष्ट्रसंघीय सुरक्षा परिषद सदस्यताको लागि इच्छा जाहेर गरेको छ । सन् २०१३ र २०१४ को दुइवर्षे कार्यकालका लागि भूटानले रासं सुरक्षा परिषदको अस्थायी सदस्यता माग गरेको हो। सेप्टेम्बर २२, अर्थात गएको बिहीबारदेखि न्यूयोर्कमा जारी रासं महासभामा बोल्दै २९ सेप्टेम्बर, बुधबार भूटानका विदेश सचिव दाव पेञ्जोले सो माग गरेका हुन्। ''साधारण सदस्य बनेर ३९ वर्ष रहँदा भूटान राष्ट्रसंघमा अझै पनि ससाना देशहरूप्रति धेरै जिम्मेवारी रहेको विश्वास गर्दछ। विश्व परिवेशमा साझेदारी र अन्तर्राष्ट्रिय शान्ति पुनर्स्थापनाको सवालमा साना राष्ट्रहरूलाई प्रोत्साहित गर्न राष्ट्रसंघले अझै धेरै काम गर्नुपर्छ'',सुरक्षा परिषदमा भूटानको सदस्यता पारित हुनुपर्नेमा जोड दिँदै पेञ्जोले भने। राष्ट्रसंघको सुरक्षा परिषदका १५ सदस्यमध्ये पाँच-बेलायत, चीन, फ्रान्स, रसिया र अमेरिका स्थायी सद्स्य छन् भने थप १० सदस्य राष्ट्रचाहिं दुईवर्षको कार्यकाल तोकेर महासभाबाट चुन्ने गरिएको छ। |
| You are subscribed to email updates from Bhutan News Service To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
| Google Inc., 20 West Kinzie, Chicago IL USA 60610 | |