Bhutan News Service |
| प्र.म.थिन्ले सम्मानित, ग्लोबल पोष्टमा उनको विचार Posted: 19 Sep 2010 05:25 PM PDT भूटानका प्रथम जननिर्वाचित प्रधानमन्त्रीको रूपमा जिग्मे वाई थिन्ले अमेरिकाको पेन्सिलभानियास्थित पेन स्टेट विश्वविद्धालयको उत्कृष्ट सम्मानबाट सुशोभित भएका छन्। सो सम्मान आफूले पाउने निधो भएपछि थिन्लेले पेन स्टेट राज्य विश्वविद्धालयको मह्त्त्व दर्शाउँदै भने ,''मैले यो विश्वविद्धालयमा हुँदा नै मेरो जीवनका महत्त्वपूर्ण कर्मबारे पाठ सिकें।'' थिन्लेले बिहीबार नै 'पेन स्टेट अलुम्नस'द्वारा सो सम्मान पाएका हुन्, तर औपचारिक समारोहमा कारणवश उपस्थित हुन नसकेपछि उनलाई पेन स्टेट विश्वविद्धालयका कुलपति ग्राहम स्पानियरले अर्कै स्थानमा आयोजित एउटा समारोहबीच सो सम्मान अर्पण गरे। यसैबीच थिन्लेको अमेरिका भ्रमणकै अवसरमा भूटानी राजनीतिक विश्लेषक आरपी सुब्बा र पत्रकार ठाकुर मिश्रले भूटान सरकारद्वारा प्रचार गरिएको कथित 'राष्ट्रिय खुशियाली'-को नाराका नकारात्मक पक्षहरू केलाएर अमेरिकाकै एउटा वेब पत्रिका ग्लोबल पोष्टमा प्रकाशित गराएका छन्। थिन्लेले पेन स्टेट ग्र्याजुएट स्कूलबाट सन् 1976 मै जनप्रशासन विषय लिएर स्नातक गरेका हुन्। उनले भूटानका प्रधानमन्त्रीको रूपमा आज प्रयोग गर्दै रहेको सबै राजनीतिक बुद्धि-विवेक सोही विश्वविद्धालयमा हुँदा सिकेको उनले आशय व्यक्त गरेका हुन्। त्यसपछि उनले लगातार संयुक्त राष्ट्रसंघीय निकाय र देशभित्रै विभिन्न विभागीय संकायमा जिम्मेवारीहरू पूरा गर्दै आएका हुन्। यति हुँदाहुँदै पनि थिन्लेले आफ्नो ओहोदालाई ताकमा राखी ग्लोबल पोष्टमा भूटानका नेपालीभाषी समुदायविरुद्ध खनिए आफ्नो नकारात्मक वैचारिक आधार लिएर। सो पोष्टमा उनले नेपालीभाषीहरूको अन्तिम गन्तव्य नेपाल नै भएकोमा जोड दिँदै सन् 1990 ताका देशबाट धपाइएका नेपालीभाषी भूटानीहरूको भूटानप्रति कुनै हकदाबी नरहने जिकिर गरेका छन्। |
| You are subscribed to email updates from Bhutan News Service To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
| Google Inc., 20 West Kinzie, Chicago IL USA 60610 | |