Pages

Bhutan News Service

Bhutan News Service


Seven monks detained

Posted: 15 Sep 2010 04:11 AM PDT

Thimpu police has detained at least seven monks on September 12 as the formers were found involved in a gang fight.

A monk of Dechenphodrang monastic school was beaten severely by the seven monks from the central monastic body on September 4.

According to the kuensel, the fight involved under the influence of alcohol.

During the fight, no one had realised the victim was missing, said the source. "It was after the fight and the next day that they found him lying below the road," the source said. Kuensel learnt that the victim had fallen about six metres off the cliff.

The victim, 19, who didn’t have any clue to the suspects is in critical condition at the hospital

पूर्णीमायाको अन्त्येष्टि आगामी बिहीबार, एरिजोना शोक मग्न

Posted: 14 Sep 2010 07:32 PM PDT

भूटानिज कम्यूनिटी ईन एरिजोना (बीसीए)-को आइतवार बसेको बैठकले आफ्नै आसन्न सांगठनिक चुनावसम्बन्धी गतिविधिबारे विभिन्न निर्णय गर्दै भरखरै निधन भएकी पूर्णीमाया तामाङको सम्झनासहित उनका परिवारमा धैर्य धारणको कामना गर्दै केही क्षण मौन धारण गर्यो।

बैठकमा समाजबाट संकलित आर्थिक रकमबारे जानकारी गर्दै बीसीएका पदाधिकारीहरूले अहिलेसम्ममा पूर्णीमायाको दाहसंस्कार तथा परिवारलाई अन्तिम कार्यमा सघाउने उद्देश्यले भेला गरिएको रकम ५ सय २७ डलर पुगेको बताए। यसरी नै तामाङ परिवार रहेकै अपार्टमेण्टका भूटानीहरूले छुट्टै संकलन गरी २ सय ७८ डलर बुझाएका छन् भने सोही अपार्टमेण्टमा रहने बर्मेली शरणार्थीहरूले पनि सहृदयतापूर्वक ५ सय डलर सहयोग रकम प्रदान गरेका छन्। यसबाहेक क्याथोलिक च्यारिटिजका केश म्यानेजर खगेन्द्र बराल तामाङको मृत्युपछि अस्पताल र दाहसंस्कारमा लाग्ने आवश्यक थप रकम संस्थाबाट जुटाउन लागिपरेका पनि थाहा भएको छ।

पूर्णीमायाका आफन्तजनका अनुसार उनको शव अझै अस्पतालमै राखिएको छ। बुधबार अस्पतालबाट निकालेर पूर्णीमायालाई अन्तिम श्रद्धाञ्जलीका निम्ति शवगृहमा राखिने बताइएको छ भने श्रद्धाञ्जलीको समय बुधबार बेलुकी पाँचदेखि सात बजेसम्म तोकिएको जनाइएको छ।  

सात सेप्टेम्बरको दिन १७ वर्षीय स्व. पूर्णीमायालाई स्वीमिङ पूलमा नुहाउन गएको बेला डुबेको अवस्थामा फेला पारिएको थियो भने उपचाराधिन उनले उपचारकै क्रममा प्राण त्यागेकी थिइन्। उनको अन्तिम श्रद्धाञ्जली बिहीबार बिहान ८.३० बजे बौद्ध परम्परा अनुसार हुने सम्बन्धित स्रोतले जनाएको

(एरिजोनाबाट नन्दिता खनाल र गंगा नेउपानेको सूचनाको आधारमा)