Bhutan News Service |
- शरणार्थी महिला प्रहरी नियन्त्रणमा
- सडक दुर्घटनामा पाँचको मृत्यु
- न्यूजिल्याण्ड भूकम्पमा भूटानीहरू सुरक्षित
- One arrested in subba murder connection
- Five killed in road mishap
- यूरोपेली आयोगले शरणार्थीलाई खाद्ध-सहायता गर्ने
| शरणार्थी महिला प्रहरी नियन्त्रणमा Posted: 05 Sep 2010 03:25 PM PDT भूटानी शरणार्थी शिबिर-बेलडाँगी १ -का पूर्बसचिब रमेश सुब्बाको हत्यासम्बन्धी अनुसन्धानको क्रममा प्रहरीले बेलडाँगी १- शरणार्थी शिबिर, सेक्टर जी की लालमाया राईलाई नियन्त्रणमा लिएको छ । २४ बर्षीया ती शरणार्थी महिलालाई हिजो नियन्त्रणमा लिइएको दमक प्रहरीले पुष्टि गरेको छ । गएको ७ फागुनको राति ८ बजेतिर नेपालको सीमा शहर काकरभिट्टामा गोली हानी भुमिगत आन्दोलनमा संलग्न सुब्बाको हत्या गरिएको थियो । |
| Posted: 05 Sep 2010 03:23 PM PDT भूटानको सुदूर पूर्वी पहाड नाम्लिङस्थित अग्लो झरना नजिकै गुडिरहेको एउटा ट्रक सडकबाट करिब 50मिटर तल झर्दा त्यसमा सवारमध्ये कम्तीमा पाँचजनाको मृत्यु भएको समाचार छ। क्युनसेलमा प्रकाशित समाचारअनुसार उत्तरपूर्वी मोंगरको जिल्ला मुख्यालयभन्दा करिब 71 किलोमिटर टाढाको सो घटना बिहान 10 बजेतिर भएको बुझिएको छ। बुम्थाङको उरास्थित गेदेन ड्राक्छाङका 48 वर्षीय उम्जेलगायत सबै यात्रीहरू बौद्धभिक्षु (लामा) रहेका थाहा भएको छ। सो ट्रकका चालक तथा दुईजना 12 र 16 वर्षीय भिक्षु (लामा)-हरू सो घटनामा जीवितै रहन सफल भए भने अन्यसबै यात्रुको ज्यान गएको प्रहरी सूत्रले पुष्टि गरेको छ। जीवित भेटिएकालाई मोंगर जिल्ला अस्पतालमा सघन उपचारार्थ लगिएको जनाइएको छ। मृतकहरूमा 48 वर्षीय लामा उम्जेबाहेक अन्य नौ, 11, 13 र 14 वर्षका लामाहरू थिए। बाँचेकामध्ये 16 वर्षीय लामाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ। |
| न्यूजिल्याण्ड भूकम्पमा भूटानीहरू सुरक्षित Posted: 05 Sep 2010 03:20 PM PDT न्यूजिल्याण्डको क्राइस्टचर्च महानगर भत्काउने गरी शनिबार बिहान आएको 7.1 चुम्बकीय रफ्तारको भूकम्पमा त्यहाँ पुनर्वासमा भएका भूटानीहरू सुरक्षित रहेको समाचार छ। त्यहाँस्थित हाम्रो समाचार स्रोतका अनुसार सो भूकम्पस्थलभन्दा मात्र 30 किलोमिटरको दूरीमा भूटानीहरूलाई बसाइएको छ। समाचारदाता डोमा काफ्लेका अनुसार भूकम्पको कारण उनीहरूको घरको चिम्नीमा केही खराबी आएको थियो, तर सरकारी तदारुकता र सहायताले तत्काल त्यसको मर्मत भयो। क्राइस्टचर्च महानगरका निवासी एकजना भूटानीले जनाएअनुसार यस घटनाले त्यहाँ रहने भूटानीहरूलाई त्रसित बनाएको छ। किनकि उनीहरूले यस्तो कहाली लाग्दो घटनाको सामना पहिलोपटक गर्नुपरेको छ। क्राइस्टचर्च महानगर वरिपरि करिब 55 परिवारका 3 सय भूटानीहरू बसोवास गर्दै आएका छन्। |
| One arrested in subba murder connection Posted: 05 Sep 2010 10:45 AM PDT Camp based Police arrested one refugee from Beldangi-I camp in connection with the murder of former camp secretary Ramesh Subba. The arrestee is identified as Lal Maya Rai, 24 of Sector G from the same camp. Police said that she was arrested Saturday following a special investigation. |
| Posted: 05 Sep 2010 07:55 AM PDT At least five people were killed on the spot and three seriously injured when an Eicher truck they were traveling in skidded off the road and plunged into the whirlpool of a waterfall at Namling brag along the east-west lateral highway. According to a news report in Kuensel, the accident occurred around 10 am along the accident prone Namling brag area, about 71 km away from Mongar. The truck plunged about 50 m below the road. All passengers were monks, including the 48-year old umzey of the Geden dratshang in Ura, Bumthang. While the driver and two monks, aged 12 and 16, survived and were taken to the Mongar regional referral hospital, the others died on the spot, said police. Including the umzey the others were nine, 11, 13 and 14 years old. The 16 year old monk is in critical condition said the doctor on duty, Dr Namsa Dorji. "He suffered an eye injury, open fracture wounds in his limbs and massive bleeding," the doctor said. While the driver does not have external injuries, its yet to know if he suffered any internal injuries. "The 12 year old injured his head but he is stable," Dr Namsa Dorji said. An eyewitness, Karma Dolma, who was following the truck in a Hilux, said that the truck snaked several times before it went off the road. The truck was on its way to Bumthang. Karma Dolma is the daughter-in-law of Geden Dratshang’s lam. She informed that the monks were returning from Trashiyangtse, after reciting Kanjur and attending the 49-day ritual for her brother’s death. The Gyalpoizhing police and its rescue team, officials from the dzongkhag and the Gyalpoi Zimpon’s office reached the accident site at around 12 noon. All bodies were found, with the last one recovered around 5:30 pm, after a search that took more than two hours, said police. The Gyalpoi Zimpon’s office gave a semso of Nu 10,000 each to the families of the accident’s victims and Nu 3,000 each to the injured passengers. Police said that the cause of the accident is not known and that they are still investigating the case. The last major accident at the same place happened in June 1998 when the then Druk Express killed 58 people including three Sherubste collge students. During the construction of the east-west highway, Namling was the most difficult area. Elderly Bhutanese say that at one time 240 workers were buried alive in a mud slide during construction. The lateral route finally opened in early 1980s, 20 years after its construction started. |
| यूरोपेली आयोगले शरणार्थीलाई खाद्ध-सहायता गर्ने Posted: 04 Sep 2010 07:01 PM PDT यूरोपेली आयोगको मानवीय सरोकार तथा नागरिक संरक्षण कार्यालयले भूटानी शरणार्थीको खाद्ध सहायताका निम्ति नेपालस्थित विश्व खाद्ध-कार्यक्रमको शाखा कार्यालयलाई १.५ मिलियन युरो डलर प्रदान गर्ने भएको छ। यूरोपेली आयोगद्वारा प्रदान गरिएको सहायताको समयावधि यसैवर्षको १ जुलाईदेखि आगामी दिसम्बर ३१ सम्म तोकिएको छ। नेपालका विभिन्न सातवटा शिविरमा रहेका भूटानी शरणार्थीलाई पर्याप्त खाना तथा पोषकतत्व उपलब्ध गराउनु नै यस आर्थिक सहायताको मूल उद्देश्य रहेको आयोगले जनाएको छ। युरोपेली आयोले सन् २००६ देखि भूटानी शरणार्थीलाई सहायता प्रदान गर्न थालेको हो भने आयोगको मानवीय सरोकार कार्यालयबाट मात्रै करिब ९ मिलियन यूरो डलर पुगिसकेको जनाइएको छ। यसरी नै आयोगले नेपालस्थित शरणार्थीका लागि राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयमार्फत पनि आर्थिक सहायता प्रदान गर्दै आएको छ। |
| You are subscribed to email updates from Bhutan News Service To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
| Google Inc., 20 West Kinzie, Chicago IL USA 60610 | |